भ्यालेन्टाइनमा अञ्जुका प्रेममय गीत

काठमाडौं । फिल्मी पाश्र्वगायनमा होस् या सुगम संगीतका गीतमा प्रेम फ्लेबरका गीत गायनमा स्थापित गायिका अञ्जु पन्त प्रेम दिवस अर्थात भ्यालेनटाइन–डेको अवसर पारेर राजधानीमा गुञ्जिने भएकी छन् । राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा फेब्रुअरी १४ मा हुन लागेको ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’मा उनी प्रेममय गीतका साथमा गुञ्जिन लागेकी हुन् ।

अञ्जुले आफूले सांगीतिक करिअरकै दोस्रो एकल साँझमा सहभागिता जनाउन लागेको बताइन् । ‘कार्यक्रममा मेरो लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछु । युवापुस्ताले पे्रम दिवसका रुपमा मनाउँदै आएको ‘भ्यालेनटाइन–डे’मा एकल रुपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको छ’उनले भनिन्,‘‘प्रेम दिवशमा प्रेमका डेढ दर्जन बढी गीत सुनाएर यहाँहरुसँग प्रेम साट्नेछु ।’  साया हेल्लो क्याफे गजलबारका सञ्चालक रुल्ज गुरुङले नेपाली गायन क्षेत्रकी मेलोडी क्वीन अञ्जु पन्तलाई आफ्नो रेष्टुरेण्टमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए ।

उनले आफ्नो बारले व्यापारमात्र नगरेर कलाकारलाई सम्मान र आदर्श गर्दै आएको पनि बताउँदै आगामी दिनमा पनि देशका ख्याती प्राप्त कलाकारलाई प्रस्तुत गर्दै जाने बताए ।
यसअघि साया हेल्लो क्याफेमा चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक÷गायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन् ।