मुख्यमन्त्री बने महेश बाबु

मुम्बई(एजेन्सी) । टलिउड स्टार महेश बाबुको फिल्म ‘भरत भरत अने नेनू’का लागि गणतन्त्र दिवसको अवसर निकै महत्वपूर्ण साबित भयो । २६ जनवरीको मौका पार्दै महेश बाबूको यो फिल्मको टिजर सार्वजनिक गरिएको छ । टिजरमा महेश बाबू आन्ध्रप्रदेशको मुख्यमन्त्रीको रुपमा सपथ लिँदै गरेको आवाज सुन्न सकिन्छ ।

यो फिल्म एक फिक्शनल पोलिटिकल कथामा आधारित छ । फिल्ममा कोराताला सिवाको निर्देशन छ । कोरातालाले सन् २०१५ मा महेश बाबुका साथ ‘श्रीमान्थुडु’ फिल्म बनाएका थिए । जुन फिल्म बक्स अफिस ब्लकबस्टर साबित भएको थियो । महेश बाबु मुख्य मन्त्री बनेको फिल्ममा कियारा आडवाणी पनि प्रमुख भूमिकामा छिन् ।

कियाराले यो फिल्ममार्फत तेलुगू फिल्ममा डेब्यु गरेकी छन् । बलिउडमा कियारा ‘फगली’, ‘मशीन’ र ‘एमएस धोनी’ जस्ता फिल्ममा देखिइसकेकी छन् । महेश बाबुको यो फिल्म अप्रिलमा रिलिज हुने तयारीमा थियो । तर यो महिनामा रजनीकान्तको फिल्म ‘२.०’ रिलिज हुने भएपछि यो मितिबाट फिल्म सरेको छ ।