मायामा हार्दा रोए सबिन

काठमाडौं । फिल्ममा रोमान्टिक भूमिकामा देखिदै नायक सबिन श्रेष्ठ यसपटक नायिकाको माया नपाउँदा रोएका छन् । फिल्म ‘बन्धन’मा नायिका पूर्णिमाको मायामा धोका पाएपछि उनी हारको पीडा पोख्दै रोएका छन् ।

आगामी फागुन ११ गते रिलिज हुने फिल्मको सार्वजनिक ट्रेलरमा सबिनको पीडासँगै फिल्मका अन्य कलाकारको वेदनालाई पनि देखाइएको छ । शिशिरजय खरेलको निर्माण तथा डिबी बम्जनको सहनिर्माणमा बनेको फिल्ममा समिर मियाको निर्देशन छ । फिल्ममा प्रकाश श्रेष्ठ र प्रिन्सको पनि अभिनय छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा जयकुमार दर्लामी मगरको छायांकन, शिवम अधिकारीको कथा,रोहन नेपालीको कोरियोग्राफी र राजेन्द्र भट्टको संगीत छ । फिल्मलाई सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् ।