युवापुस्तालाई सञ्जीवले ल्याए हिट हिट

काठमाडौं । दर्शकले सर्वाधिक रुचाएको गीत ‘नाई मलाई थाहा छैन’का गायक सञ्जीव पराजुलीले नयाँ गीत ‘हिट हिट’को भिडियो दर्शकमाझ ल्याएका छन् । होमनाथ न्यौपानेको शब्द, संगीत दीपक भट्टराई रहेको गीतमा अनु शाक्य र मिस्टर प्रिन्सको पनि स्वर छ ।

गीतमा एलिशा शर्मा र राहुल शाह फिचरिङ छन् । गीतमा पवन सुस्लिङको छायांकन, द मोन्टाजको सम्पादन रहेको छ । गीतमा निर्देशन र कोरियोग्राफी राहुल शाहकै छ । गायक पराजुलीले गायिका टिका प्रसाईंसँग युगल गायनमा ‘पहिलो भेटैमा’ गीत ल्याएका थिए । गायक पराजुलीले गीतलाई क्लब गीतको रुपमा तयार पारेको खुलाए । ‘मेरो अघिल्लो गीत भन्दा यो केहि फरक छ । यो गीतमा युवापुस्ताको प्रतिनिधि चित्रण गर्न खोजिएको छ ।’ सञ्जीवले भने ।

गीतकार न्यौपानेले गायक सञ्जीवसँगको सहकार्यमा उनलाई केहि नयाँ किसिमको गीत दिउँ भन्ने सोचेर गीत ‘हिट हिट’ लेखेको बताए । ‘त्यसअनुरुप नै दीपकसँगको छलफलमा मैले यो शब्द तयार परेको थिएँ । यो गीतलाई युवापुस्ताले गेट टुगेदरमा रुचाउछँन् भन्ने विश्वास छ ।’उनले भने ।