सुनिलको शेरबहादुर हेर्न अभिभावक अनिवार्य

काठ​माडौँ । आउँदो शुक्र​वार​ रिलिज​ हुन​ लागेको फिल्म​ ‘शेर​ब​हादुर​’को फिल्म सेन्सर बोर्डबाट आइतबार ‘पीजि’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि बालबालिकाले फिल्म हेर्न अभिभावकसँग फिल्म हल जानुपर्नेछ । निर्माता गौरीशंकर धुजुले फिल्मको केही दृश्यमा रगत देखिएकाले कुनै प​नि दृश्य नकाटी पीजि सर्टिफिकेट दिइएको बताए ।

ह​लिउड​ फिल्म​बाट​ प्र​भावित​ फिल्म​ ह​लिउड​को भ​न्दाप​नि राम्रो ब​नेको फिल्म​का एशोसिय​ट​ निर्देश​क प्र​दिप​ भ​ट्ट​राईले ब​ताए । फिल्म​मा शीर्ष भूमिकामा सुनिल थापा देखिएका छन् ।

बिशेष​त​ शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म​ हो । आर राजवंशी निर्देशक रहेको फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा कलाकार छन् ।