भिडियो निर्देशनमा सक्रिय शान्तिप्रिय

काठमाडौं । चलचित्र पत्रकारितामा सक्रिय पत्रकार शान्तिप्रिय अब भिडियो निर्देशनमा पनि उत्तिकै सक्रिय हुन थालेका छन् । यसैको उदाहरण स्वरुप उनले एकै साता ३ वटा म्यूजिक भिडियो निर्देशन गरेका छन् ।

शान्तिप्रियले उनकै शब्दमा संगीतकार दिपक शर्माको संगीत तथा गायक राज सिग्देलको ‘उनको मेरो दुरी चल्यो’, चन्द्र भट्टचनको शब्द र ज्योति प्रकाशको स्वर संगीत रहेको ‘हिजो भन्दा आज राम्री’ र शान्तिप्रियकै शब्द, दिपक शर्माको संगीत तथा गणेश श्रेष्ठको आवाज रहेको ‘माया लाउने यहि ज्यान हो अरु केपो छ र’ बोलको गीतको म्यूजिक भिडियो एकै सातामा निर्देशन गरेका हुन् ।

आफूलाई गीत लेखनमा मात्र सिमित नराखेर भिडियो निर्देशनमा पनि सक्रिय उनले राष्ट्रयकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय गीतको पनि निर्देशन गरेका थिए । यहि क्रममा उनले शान्तिप्रियले नयाँगीत ‘माया लाउने यहि ज्यान हो’को निर्देशन गरेका हुन् । गीतमा उनकै शब्द छ ।

गीतमा अभिनेता तथा कोरियोग्राफर गजित विष्ट तथा अभिनेत्री अनामीका चौलागाईले अभिनय गरेका छन् । गीतको छायांकन विरेन्द्र भाट विपिनले गरेका हुन् भने यस गीतको कोरियोग्राफी गजित विष्टले नै गरेका हुन् । त्यस्तै यस गीतको म्यूजिक भिडियो सम्पादन पनि विरेन्द्र भाटको नै रहने छ ।