बाहुबली नायिकामाथि जुत्ता प्रहार

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ बाट चर्चामा आएकी बलिउड नायिका तमन्ना भाटिया हैदराबादको हिमायतनगरमा रहेको एक गहना पसलको उद्घाटन गर्न पुग्दा एउटा अनौठो घटनाको सामना गर्नुपर्यो । पसलको उद्घाटन गर्दै गर्दा उनलाई ताकेर एक व्यक्तिले जुत्ता प्रहार गरेका थिए । जुत्ताले उनलाई नलागे पनि त्यो जुत्ताले पसलकै एक कर्मचारीलाई लाग्यो ।

भारतीय सञ्चारमाध्यमका अनुसार तमन्ना भाटिया जब पसलको उद्घाटन गर्दै गर्दा ३१ वर्षे एक व्यक्तिले उनीमाथि लक्षित गरेर जुत्ता फ्याकेका थिए । प्रहरीले ती व्यक्तिले तमन्ना फ्यानमाझ घेरिएको अवस्थामा जुत्ता फ्याकेको जनाएको छ ।

नारायणगुडा थानाका इन्स्पेक्टर बी रविन्द्रले बीटेकमा स्नातक मुशीराबादमा बस्दै आएका करीमुल्लाहले तमन्नामाथि जुत्ता फ्याकेका थिए । तमन्नाको पछिल्ला फिल्महरुमा उनको अभिनय दमदार नलागेकोले त्यसको रिसमा आफूले जुत्ता फ्याकेको ती व्यक्तिले प्रहरीलाई बयान दिएका थिए । प्रहरीले ती व्यक्तिमाथि सार्वजनिक मुद्दा लगाएको छ ।