लुगा बुन्दै अनुष्का

मुम्बई(एजेन्सी) । केही समय अघि मात्र क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि केही दिनका लागि फिल्मबाट ब्रेक लिएकी नायिका अनुष्का शर्मा अहिले नियमित काममा फर्किइसकेकी छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘सुई धागा’को तयारीमा छिन् । उनले हालै मात्र सामाजिक सञ्जालमा फिल्मका लागि लुगा सिलाउँदै गरेको एक तस्वीर सार्वजनिक गरेकी छन् ।

विवाह पछि पनि अनुष्का शर्मा बलिउडमा सबैभन्दा व्यस्त अभिनेत्रीमा पर्दछिन् । उनी हाल शाहरुखÞ खÞानसँग फिल्म ‘जीरो’ का अलावा ‘परी’ र ‘सुई धागा’को सुटिङमा व्यस्त छिन् । अनुष्काले ‘सुई धागा’को तस्वीर सामाजि सञ्जालमा सार्वजनिक गर्दै ‘कतरन से बुनी कहानी पैबंद लगा के है सुनानी–सुई धागा’ भन्दै क्याप्सन पनि लेखेकी छन् । यो तस्वीरमा अनुष्काको रुप गम्भीर र काम प्रति दत्तचित्त देखिन्छ ।

यशराज पिÞmल्म्सको व्यानरमा बन्न लागेको यो फिल्मको निर्देशन शरत कटारियाले गर्नेछन् । शरतले यो भन्दा अघि ‘दम लगा कर हईशा’ जस्तो चर्चित फिल्मको निर्देशन गरेका थिए । बताइए अनुसार यो फिल्म आगामी फरवरी महिनाबाट सुटिङ शुरु हुनेछ र यसै वर्षको अक्टोबरमा रिलिज हुनेछ । फिल्ममा वरुण धवन पनि शीर्ष भूमिकामा हुनेछन् । फिल्म ‘जुड़वा २’को सफलतापछि वरुणका लागि ‘सुई धागा’ विशेष फिल्म हुनेछ ।