ग्रामीः ब्रुनो मार्सलाई सर्वाधिक अवार्ड

लसएञ्जल्स(एजेन्सी) । अमेरिकाको न्यूर्योकमा आयोजना गरिएको ६० औं ‘ग्रामी अवार्ड’मा पप स्टार ब्रुनो मार्सले पाँच अवार्ड जितेका छन् । मार्सको एकल गीत ‘देट्स वाट आई लाइक’ले ‘सङ अफ द इयर’को अवार्ड पनि पायो । मार्सको यो गीतले लुइस फोन्सी, डैडी याङकी र जस्टिन बीबरको अभिनय रहेको गीत ‘देसपसितो’, ‘जे–जी’ को ‘४ः४४’, जूलिया माइकल्सको ‘इशूज’लाई पछि पारेको थियो ।

मार्सका अलावा सात विधामा मनोनित केड्रिक लैमरले पाँच विधामा अवार्ड सुरक्षित गरे ।संगीत क्षेत्रको यो सबैभन्दा ठूलो पुरस्कार समारोहमा प्रमुख कलाकार, निर्माता, साउण्ड इञ्जिनियर र  एलबममा फिचरिङ गरेका कलाकारलाई दिइएको थियो ।मार्स अवार्डमा जम्मा सात विधामा मनोनित भएका थिए । जसमध्ये उनी ‘अवार्ड फर बेस्ट इञ्जिनियर्ड एलबम’मा पनि थिए ।मार्सले मनोनित भएका प्राय सबै विधामा अवार्ड चुमेका थिए ।

३२ वर्षे यी गायक तथा लेखकलाई ‘सङ अफ द ईयर’को ट्रफी तथा ‘बेस्ट आर एण्ड बी परफरमेन्स’ र ‘बेस्ट आर एण्ड बी’को अवार्ड ‘देट्स व्हाट आई लाइक’का लागि दिइएको थियो । उनकै एल्बम ‘२४के मेजिक’लाई ‘बेस्ट आर एण्ड बी एलबम’को अवार्ड दिइयो । मार्सपछि अवार्ड जित्ने मामलामा दोस्रो नम्बरमा केन्ड्रिक लमार रहे । उनले यो अवार्डमा पाँँच अवार्ड पोल्टामा पारे । उनको एल्बम ‘डैम’ले ‘बेस्ट र्याप एल्बम’ अवार्ड पायो । कार्यक्रममा लेडी गागा, स्याम स्मिथ, पिन्क जस्ता कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

मरणोपरान्त ग्रामी पुरस्कार
अभिनेत्री केरी फिशर र गायक लियोनार्ड कोहेनलाई मरणोपरान्त ‘२०१८ ग्रामी पुरस्कार’ दिइयो । ‘स्टार वार्स’ श्रृंखलाको फिल्मा लागि चर्चित फिशरले ‘द प्रिन्सेस डायरिस्ट’का लागि पहिलो ग्रामी जितेका थिए । उनको २०१६ डिसेम्बरमा निधन भएको थियो । दिग्गज क्यानाडियन गायक कोहेनको निधन गत नोभेम्बरमा भएको थियो । समारोहमा गत वर्ष लसभेगासमा गोलाबारीबाट मारिएकालाई श्रद्धाञ्जली दिइएको थियो । कन्ट्री गायकहरु मैरेन मोरिस, एरिक चर्च र ब्रदर्स ओसबोर्नले एरिक क्लैप्टनको ग्रामी विजेता गीत ‘टीयर्स इन हेवन’ गाएर मृतकको सम्झना गरेका थिए ।

यी हुन् अवार्ड विजेता
बेस्ट न्यू आर्टिस्टः एलीसिया कारा
सङ अफ द ईयरः देट्स वाट आई लाइक (ब्रनो मार्स)
बेस्ट म्यूजिक वीडियोः हम्बल, केन्ड्रिक लैमर
बेस्ट कन्ट्री एल्बमः ब्रोकन हालोस
बेस्ट रक एल्बमः अ डीपर अन्डरस्टेन्डिङ, द वार अन ड्रग्स
बेस्ट र्याप एल्बमः डेम, केन्ड्रिक लैमर
बेस्ट पप सोलो परफरर्मेन्सः एड शेरीन (शेप अफ यू)
बेस्ट पप वोकल एल्बमः एड शेरीन
बेस्ट अमेरिकान एल्बमः दी नेसभिले साउण्ड
बेस्ट आर एण्ड बी परफरर्मेन्सः देट्स वाट आई लाइक(ब्रुनो मार्स)
बेस्ट र्याप सङः हम्बल, केन्ड्रिक लैमर
बेस्ट र्यापर सङ कोलाब्रेशनः लोयालटी, केन्ड्रिक लैमर, रिहाना