तुँवालोमा दलितको व्यथा

काठमाडौं । जिएस मुभि मेकर्सको निर्माण एवम् लुम्बिनी मुभि मेकरको प्रस्ततिमा फिल्म ‘तुँवालो’ निर्माण भएको छ । दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । निर्माता गिरीप्रसाद सुनारका अनुसार फिल्मले वैदेशिक रोजगारको कथालाई पनि प्रस्तुत गरेको छ ।

दिपक परियारको निर्देशन रहेको फिल्ममा शुशिल क्षेत्री, पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रश्मी भट्ट, गिरीप्रसाद सुनार भिमसेन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण गरेका हुन् । विभिन्न स्थानमा च्यारिटी शोको तयारी गरिरहेको यो फिल्मको रिलिज मिति भने तय गरिएको छैन ।