अनुलाई आयुष भन्दैछन्,‘दुख्दिन म’

काठमाडौं । युवा गायक रुद्र शेखर शर्माको नयाँ एल्बम ‘रुपम’ मा समावेश गरिएको ‘दुख्दिन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणका शब्द रहेको गीतमा नारायण सुवेदी आभासले संगीत दिएका छन् । गीतमा किरण कँडेलको संगीत संयोजन छ ।

गायक रुद्र शेखर शर्मा तथा किरण क्रिएसनको प्रस्तुतिमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा विशाल भण्डारीको एक्सन कट छ । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि निर्देशक भण्डारीले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो ।

रोमान्टिक शैली प्रदान गरिएको भिडियोमा अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले फिचरिङ गरेका छन् । अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो । निशाल घिमिरे उक्त म्युजिक भिडियोका सम्पादक हुन् ।