नेपाल आउँदै हलिउडको दी भ्वाइस

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो र महंगो गायन रियालिटी शो ‘द भ्वाइस’ नेपाल भित्रिने भएको छ । अमेरिका, अफ्रिका, नेदरल्याण्ड्स, अष्टे्रलिया, भारतलगायत करिब १ सय ९२ देशमा सम्पन्न भइसकेको यो शोको १३ औं संस्करण केही समय अघि मात्र अमेरिकामा भएको थियो ।

केही महिना अघि सम्पन्न भएको रियालिटी शो ‘नेपाल आइडल’का निर्देशक लक्ष्मण पौडेलको समूहले यो अन्तर्राष्ट्रिय फ्रेञ्चाइजीलाई नेपाल भित्र्याउन लागेको हो । लक्ष्मणको समूहले सामाजिक सञ्जाल फेसबुकमा ‘द भ्वाइस’ लेखेपछि यो शो नेपाल आउन लागेको संकेत मिलेको हो ।

शोको बारे बुझ्न महिनादिन अघि निर्देशक लक्ष्मणसहित रियालिटी हेड फिरोज तिमिल्सिना नेदरल्याण्ड गएका थिए । यो शोका लागि ‘नेपाल आइडल’का एमसी सुशिल नेपाल, रियालिटी हेड फिरोज तिमल्सिना, चिफ क्यामरामेन शिवराम श्रेष्ठ, ट्यालेन्ट हेड करणराज कार्की, पोस्ट प्रोडक्सन हेड सोहन मानन्धरको समूह बनिसकेको छ । शोकै लागि नेदरल्याण्ड्सबाट पनि आधा दर्जन ग्लोबल टेक्निकल टिम नेपाल आउने तयारी गरिरहेको छ ।