ठाकुरको सान्नानीमा श्रीमान सम्झँदै प्रिया

काठमाडौं । संगीतमा नेपालमा बिम्युज र भारतबाट एमएसम्मको अध्ययन गरी स्वदेश फर्किएका संगीतकार एव गायक ठाकुर प्रताप दुलालले आफ्नै संगीत एवम् स्वरमा गीत ‘सान्नानी’ को भिडियो सार्बजनिक गरेका छन् ।

भारतको रविन्द्र भारती विश्वविद्यालयमा अध्ययन गरेर स्वदेश फर्किएका ठाकुर प्रताप आफ्नै देशमा संगीतमा लागेर केहि गर्न यतिबेला अग्रसर छन् । भिडियोमा प्रिया रिजाल र गायक ठाकुर प्रताप आफैले अभिनय गरेका छन् ।

विदेशमा रहने श्रीमान्लाई सम्झदै प्रियाले दिन गनिरहेको भिडियोमा देखाइएको छ । भिडियोलाई पेमा तामाङ गोफ्लेले निर्देशन गरेका हुन् भने हरिश महराले छायांकन गरेका छन् । सुजन शाहीले सम्पादन गरेको भिडियोमा सन्जु पौडेलको मेकअप छ ।