चितवनमा पञ्चेबाजाको रेड कार्पेट प्रिमियर

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को चितवनमा फागुन ८ गते रेडकार्पेट प्रिमियर शो हुने भएको छ । फिल्मलाई चितवनको लक्की मिडिया हाउसको आयोजनामा क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा भव्य रेड कार्पेट प्रिमियर गरिन लागिएको हो ।

प्रिमियर शोमा नेपाली फिल्म क्षेत्रका कलाकारको उपस्थिति हुने दाबी लक्की मिडिया हाउसको छ । हाउसका अध्यक्ष हरि कार्की ‘लक्की’ले रेड कार्पेटमा फिल्मका कलाकारसँगै अन्य राष्ट्रिय कलाकारलाई पनि सम्मान गरिने बताए । घनश्याम लामिछाने निर्देशित फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय रहेको छ ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।