फष्टलुकमा यस्तो छ राजुको निर्जला

काठमाडौं । नारी प्रधान फिल्म ‘निर्जला’ को फष्ट लुक सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मालाई प्रस्तुत गरिएको छ । प्रकाशचन्द्र न्यौपाने निर्माता रहेको फिल्ममा राजु गिरीको निर्देशन छ । फिल्म २०७५ सालको बडा दशैंमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

निर्देशक गिरीले यस अघिका आफू निर्देशित फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताए । ‘मलाई जुन ग्ल्यामर फिल्मका नाममा हिरोइन नङ्ग्याएको आरोप लाग्ने गथ्र्यो यो फिल्मबाट मलाई लाग्ने ट्यागमा समेत परिवर्तन हुनेमा म ढुक्क छु ।’ उनले भने ।

फिल्ममा श्याम राई, पल्पसा डंगोल, प्रकाशचन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन छ ।