भ्यालेन्टाइन गीत लिएर आए सागर आले

काठमाडौ। नेपाल आइडलमा सहभागिता जनाएर चर्चामा आएका गायक सागर आलेको स्वरमा रहेको नयाँ गीत ‘मलाई किन तिम्रो माया’ बोलको भिडियो रिलीज भएको छ । प्रेम दिवस नजिकिँदै गर्दा सागरको प्रेमभावको गीत सार्वजनिक भएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।