भिलेनका कारण हिट भएका यी फिल्म

मुम्बई(एजेन्सी) । कैयौं पटक हिन्दी फिल्ममा भिलेन चरित्र हिरो चरित्रका लागि निकै बोझिलो बन्दछ । यसको पछिल्लो उदाहरण हालै रिलिज फिल्म ‘पद्मावत’लाई हेरे पुग्छ । जसमा अलाउद्दीन खिलजीको नकारात्मक चरित्रमा अभिनय गरेर अभिनेता रणवीर सिंहले वाहवाही कमाई रहेका छन् । फिल्मले पहिलो हप्तामा नै १ सय १४ करोड कमाएपछि सबैभन्दा बढी तारिफ पनि यिनै रणवीरुले पाइरहेका छन् । यो फिल्मको सफलताको श्रेय नै रणवीरको अभिनयलाई लिन लागिएको छ । त्यसो त यो फिल्मबाहेक यसअघिका धेरै यस्ता केही फिल्म छन्, जसमा देखिएको बलियो भिलेन चरित्रले नै फिल्म हिट भएको छ ।

डर(१९९३), बक्स अफिस(१० दशमलब ७५ करोड)
यो समयमा कुनै पनि कलाकार भिलेन जस्तो घृणात्मक चरित्रमा अभिनय गर्न चाहँदैन थिए । तर नयाँ अनुहार भएर पनि शाहरुख खानले यो फिल्ममा भिलेन चरित्र निभाए । उनले आफ्नो भाग्यको परीक्षा गरेको यो फिल्म सन् १९९३ मा सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा परेको थियो ।

बाजीगर (१९९३) बक्स अफिस(७.८ करोड)
यो फिल्म ‘डर’ भन्दा एक महिना पहिला नै रिलिज भएको थियो । तर शाहरुख खान निर्देशक अब्बास मस्तानको यो फिल्मबाट एउटा चर्चित भिलेन बनेका थिए । आफ्नो परिवारका साथ भएको अन्यायको बदला लिन शाहरुखले हदैसम्मको काम गरेको यो फिल्ममा देखाइएको छ । शिल्पा शेट्टीलाई टैरेसबाट फ्याक्ने सम्झनालायक दृश्य दिने शाहरुख भिलेनको फ्रेममा एकदम फिट देखिएका थिए ।

अग्निपथ (२०१२) बक्स अफिस(१ सय १५ करोड)
नेशनल अवार्ड विजेता अमिताभ बच्चनको फिल्म ‘अग्निपथ’ले त्यो समयमा खासै व्यापार गरेको थिएन । तर २०१२ मा ऋतिक रोशनले अभिनय गरेको यो फिल्म उनकै कारण हिट भयो ।

धूम (२०१३) बक्स अफिस (२ सय ८४ दशमलब २७ करोड)
फिल्म ‘धूम’ पहिलो यस्तो फिल्म बन्यो जसले २ सय करोड बढी पैसा कमायो । आमिर खान पहिलो पटक यो फिल्ममा भिलेन चरित्रमा आएर आफ्ना आफ्ना फ्यानको दिल जिते ।

एक विलेन (२०१४) बक्स अफिस( १ सय ५ दशमलब ६२ करोड)
सिद्धार्थ मल्होत्रा यो फिल्ममा आफ्नो चकलेटी ब्वाईको इमेजलाई तोड्दै पहिलोपटक भिलेन बने । उनको अभिनयको दर्शकले मात्र होइन, समिक्षकले पनि खुलेरै तारिफ गरे । यो फिल्म २०१४ को हिट फिल्म बन्यो ।