हिमालको भिडियोमा अनुष्का–सहिनको अनौठो प्रेम

काठमाडौं । वेवसिरिज ‘रङ टाईम’का कलाकार सहिन प्रजापति अभिनित नयाँ भिडियो ‘लाएको माया’ सार्वजनिक भएको छ । भिडियोमा दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेर भाउजुलाई गर्भवती बनाएको देखाइएको छ ।

बिहिबार सार्वजनिक गरिएको भिडियोमा दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ । गायक हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो । गीतको भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी र प्रतिक अधिकारीको अभिनय छ ।

पोखराको रमणीय स्थानमा विदुर पाण्डेले छायांकन गरिएको गीतको भिडियोमा टेकेन्द्र शाहले सम्पादन छ । महादीप श्रेष्ठको निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतिमा रहेको गीतको भिडियोलाई लाईमलाइट इंटरटेनमेन्टले उत्पादन गरेको हो ।