पसिनामा मजदुर अधिकार माग्दै अनु

काठमाडौं । श्रमिकको हकहितको कथा बोल्ने भनिएको फिल्म ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा मजदुरको काम गर्ने तरिका र उनीहरुले पाएको पीडालाई देखाइएको छ । गौरव पहारी, अनु शाह, सिर्जना अधिकारी, सरोज अर्याल, रवि गिरी, सरोज खनाललगायतका कलाकारले फिचरिङ गरेको ट्रेलरमा नायिका अनु शाहले मजदुरको पक्षमा आवाज उठाएको देख्न सकिन्छ ।

मजदुर दिवसको छेको पारेर नयाँ वर्षको वैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले ‘गरौं सत्कर्म बगाउ पसिना’ नारा लिएर प्रचारप्रसारको थालनी गरेको छ । फिल्मका निर्देशक आरबी खत्री ‘शरद’का अनुसार फिल्मले महिला श्रमिकको पिडालाई उठान गरेको छ । शान्ता ढकाल र संजय महतोको लगानी रहेको फिल्म नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको हो ।

फिल्मको कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । फिल्म गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवी गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुरज केसी, शारदा गिरीको अभिनय छ । फिल्ममा राजनराज शिवाकोटी, थिरज राई र दिपक शर्माको संगीत, नविन निरौलाको सम्पादन, शिव विकको नृत्य, देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन छ ।