चन्दाको चोलीको तुनामा रमाए भारतीय मोडल

काठमाडौं । गायिका चन्दा घिसिङको नयाँ म्युजिक भिडियो ‘चोलीको तुना’ श्रोता दर्शकमाझ आएको छ । भारतीय मोडेल दिपान्सु थापाका साथमा सुमी मोक्तानले मोडलिङ गरेको यो म्युजिक भिडियो बिहीबार राजधानीमा सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशन एवं सम्पादन विज्ञान राईले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियो हरी हुमागाईले खिचेका हुन् । नयाँदिल्ली बस्दै आएका दिपान्सुले आफूलाई नेपाली फिल्मबाट पनि अभिनयको अफर आएकाले चाँडै फिल्ममा देखिने खुलाए ।संगीतकार टिका बम्जनको शब्द एवं संगीत रहेको यस गीतमा पवनवाङ लामाको संगीत संयोजन रहेको छ । ‘चोलीको तुना’ गायिका चन्दा घिसिङको नयाँ एल्बमको गीत हो ।भारतको इलाहाबादस्थित प्रयाग संगीत समितीबाट शाश्त्रिय संगीतमा विम्युज गरेकी चन्दा थोरै तर स्तरीय गीत गाउन रुचाउँछिन् ।

तामाङ भाषी चलचित्र ‘मायुङ बुरिङ’ (चेलीमाइती), ‘मिख्ली’ (आँसु), ‘च्याङबा’लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी चन्दा अभिनयपछि गायनमा लागेकी हुन् । पहिलो एल्बम ‘मंगोलियन गर्ल’मा समेटिएको सुपरहिट गीत ‘झुम्का गि¥यो रे’ले युट्युवमा ४० लाखभन्दा बढी भ्युवर्स पाएको छ ।