सञ्जीवको नाइ मलाई थाहा छैनमा दुई करोड दर्शक

काठमाडौं । गायक सञ्जीव पराजुलीको एल्बम ‘सँगसँगै’मा समेटिएको गीत ‘नाइ मलाई थाहा छैन’ले युट्युबमा दुई करोड बढी दर्शक पाएको छ । एकनारायण भण्डारीको शब्दमा सञ्जीव र गायिका टिका प्रसाईको स्वर रहेको गीतमा आशिष अबिरलको संगीत र संगीत संयोजन छ ।

भिडियोमा एलिसा राई र सरोज अधिकारीको नेतृत्वमा रहेको दी कार्टुन क्रुजको सदस्यले फिचरिङ गरेका छन् । यो समूहमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, राम गुरुङ, लाक्पा डी लामा, सुबिन अधिकारी र विकास राई छन् ।

गायक सञ्जीवले सामाजिक सञ्जाल फेसबुकमार्फत गीतले दुई करोड दर्शक पाएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले गीतका प्रायोजक बाबा एजुकेसन कन्सल्टेन्सीलाई पनि निरन्तर सहयोगको आभार व्यक्त गरेका छन् । गीतमा सरोज अधिकारीको निर्देशन, सरोज र एलिसाको कोरियोग्राफी, युवराज पौडेलको छायांकन र श्याम कुँवरको सम्पादन तथा कलर ग्रेडिङ छ ।