फिल्म हलमा शेरबहादुरसँग सेल्फी

काठमाडौं । शनिवार राजधानीका फिल्म हलमा एउटा अनौठो दृश्य देखियो । फिल्म हेर्न आएका दर्शकहरु शेरबहादुरसँग धमाधम सेल्फी लिइरहेका थिए । ती शेरबहादुर नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा नभई फिल्म ‘शेरबहादुर’का प्रमुख पात्र सुनिल थापा थिए । सुनिलले शुक्रबारबाट रिलिज फिल्म ‘शेरबहादुर’मा शीर्ष चरित्रमा अभिनय गरेका छन् ।

फिल्मका वितरक अनुसार शुक्रवार ४५ प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिवार ६५ प्रतिशत मात्रै अकुपेन्सि कायम गरेको छ । फिल्मले शनिवार ८० प्रतिशत माथिको अकुपेन्सी अनुमान गरिएको थियो । फिल्मको प्रमोसनका लागि शनिवार हलमा पुगेका सुनिल थापा, रविन्द्र झासँग सेल्फी नै खिच्न पनि भ्याए ।  फिल्म हेर्न आएका कतिपय दर्शक आफैले फिल्म हलिउडको प्रभावमा बनाएको थाहा हुदाहुदै हेरेको र नेपालमा पनि हलिउडको जस्तै फिल्म निर्माण हुन सक्छ भने विश्वास शेरबहादुर बाट मिलेको बताए ।

गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा दर्शकहरु सुनिल थापा र रविन्द्र झासाग सेल्फि खिच्न व्यस्त देखिन्थे । फिल्म हेरेका दर्शकहरुले सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा चारै जनाको अभिनयको प्रशंसा गरेका छन् । गौरी शंकर धुजु र धिरज राजबंशीको निर्माण रहेको फिल्म शेरबहादुरलाई आर राजवंशीले निर्देशन गरेका हुन् । सस्पेन थ्रिलर जनरामा निर्माण भएको शेरबहादुरमा अवकाश प्राप्त एक आर्मीको कथा समेटिएको छ । शेरबहादुरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रबिन्द्र झा को मुख्य भुमिका रहेको छ ।