स्कटल्याण्डमा अदितिलाई अनमोलको जानी नजानी

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’का नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी स्कटल्याण्डमा रोमान्टिक बनेका तस्वीरहरु सार्वजनिक भएका छन् । फिल्मको ‘मैले जानी नजानी’ बोलको गीत स्कटल्याण्डमा तीन दिन लगाएर सुटिङ गरी नेपाल फर्किएको निर्माण टोलीले गीतका केही दृश्यहरु सार्वजनिक गरेका छन् ।

गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितिलाई फिचरिङ गरिएको छ । स्कटल्याण्डका सुन्दर लोकेशनमा खिचिएका गीतका तस्बिर हेर्दा आकर्षक लाग्छन् ।एक दर्जनको टिम स्कटल्याण्ड पुगेर यो गीतको भिडियो खिचिएको हो । सुरेन्द्र पौडेलले फिल्मको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् । फिल्ममा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।