श्यामराजको गीतमा मदनकृष्णको आव्हान

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका श्यामराज दाहालको स्वरमा रहेको ‘भोकले कोही नमरोस्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गीत फ्लेबरको भिडियोमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले फिचरिङ गरेका छन् ।

धापाखेल ललितपुरमा घर भई अष्ट्रेलिया बस्दै आएका श्यामराजको स्वर रहेको गीतका शब्द लोकप्रिय गीतकार दिनेश अधिकारीको छ । राष्ट्रिय भावना समेटिएको स्वदेशगानमा आवाज दिँदै श्यामराजले गायकको परिचय बनाएका छन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस्लगायतका भावलाई व्यक्त गरेको छ ।

बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको भिडियो युट्युबमा पनि गतिलै रुचाईएको छ । कृष्ण आचार्यको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन रहेको छ ।