कसले पाउला सुब्रतको सुश्री सम्पत्ति ?

काठमाडौं । तीन वर्ष अघि फिल्म ‘अधकट्टी’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका निर्देशक सुब्रत आचार्य आइतबारबाट अर्को नयाँ फिलम ‘सुश्री सम्पत्ति’को निर्देशनमा जुटेका छन् । फागुन १५ गतेबाट फ्लोरमा जाने फिल्मले आइतबार राजधानीमा पत्रकारमाझ कलाकार र प्राविधिक सार्वजनिक गरेको छ ।

निर्देशक आर्चायको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, सारा सिरपाली, राजाराम पौडेल, विनोद न्यौपाने, प्रियंका कार्की, प्रमोद अग्रहरी, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहने छ ।निर्देशक आचार्यले धन र रुप भएकी एक युवती वरपर कथा घुम्नेछ । शीर्ष भूमिकामा साराको अभिनय रहेकाले सारा सलोन या विनोद कस्को हुन्छिन् भन्ने थाहा पाउन दर्शकले फिल्म रिलिजसम्म पर्खिनुपर्नेछ ।

कमेडी जनरामा निर्माण हुने फिल्म पोखरामा खिचिनेछ । फिल्ममा सुरेश अधिकारीको शब्द तथा संगीत, कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ।रमेश त्वायाना प्रस्तुतकर्ता रहने फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता छन् । फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहनेछ ।