साथीमा जुनु गर्दैछिन् प्रेमीको प्रशंसा

काठमाडौं । प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन विशेष गीत ‘साथी’भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको ‘साथी’मा आफ्नो प्रेमीको प्रशंसा गरिएको छ । गीतमा प्रेमीलाई आफ्नो धेरै माया रहेको गायिकाले बताएकी छन् ।

जुनुको गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेले ड्रोन शट उत्कृस्ट खिचेका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । मिलन दाहाल र निशा घिमिरेलाइ फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ ।