स्कटल्याण्डमा अदिति–अनमोलको यस्तो रोमान्स

काठमाडौं  । नायक अनमोल केसी र नायिका अदिती बुढाथोकी स्टारर फिल्म ‘कृ’मा रहेको नयाँ गीत ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा सोमबार पत्रकारमाझ गीत सार्वजनिक गरेको हो ।

स्कटल्याण्डको रमणीय स्थानमा खिचिएको गीतमा अनमोल र अदिति निकै रोमान्टिक मुडमा देखिएका छन् । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्मको यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले निर्माण गरेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सहनिर्माता छन् ।