वैशाख पुग्यो सुपर गोर्खे

काठमाडौं । फिल्म ‘सुपर गोर्खे’ आगामी वैशाख ७ गते रिलिज हुने भएको छ । यो वर्ष फिल्म रिलिज हुने तयारी भइरहेका बेला केही प्राविधिक समस्या आएपछि फिल्मलाई नयाँ वर्षको वैशाखमा पु¥याइएको हो । फिल्मकी निर्मात्री तथा नायिका ऋचासिंह ठकुरीले नेपालसँगै अष्ट्रेलियामा पनि फिल्म प्रदर्शन हुने बताइन् । उनका अनुसार नेपालीमाझ अप्रिल ८ तारिखमा फिल्मलाई देखाइने छ ।

अविर हाउस प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा राज थापाको निर्देशन छ । फिल्ममा ऋचासहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्रीलगायतका कलाकारको अभिनय रहेको छ । किरण माइकलको लेखन, राज थापाको कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, चन्द्र पन्तको द्वन्द्व तथा ताराप्रकाश लिम्बु र शालिक दुलालको संगीत छ ।