टेलिभिजनमा फर्कदै कपिल शर्मा

मुम्बई(एजेन्सी) । बलिउड कमेडियन कपिल शर्माका फ्यानका लागि खुशीको खबर छ । लामो समयदेखि उनको कमेडियन शो हेर्न नपाएका दर्शकलाई लक्षित गर्दै कपिल कमेडी शो लिएर दर्शकमाझ आउन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कपिल एकपटक पुनः नयाँ रुपमा सोनी टेलिभिजनका लागि नयाँ शोको तयारीमा जुटेका छन् । उनले नयाँ शोको लागि प्रोमोको सुटिङ पनि शुरु गरिसकेका छन् । शोको कन्सेप्ट उनको पुरानो शो भन्दा अलग्गै किसिमको हुनेछ ।

उनको शोमा सबै कलाकार पुरानो शोकै कलाकार हुनेछन् । शोको नाम नजुरे पनि यसको ग्राण्ड लञ्चिङको तयारी भने भइरहेको छ । यो शोलाई पुरानो शोसँग मेल नखाने गरी निर्माणको काम भइरहेको छ । गत वर्ष कपिलको फिल्म ‘फिरंगी’ प्रदर्शनमा आएको थियो । त्यही बेला उनले आफ्नो नयाँ शो आउने तयारी भइरहेको जानकारी दिएका थिए ।