ब्लाइण्ड रक्स ट्रेलरमा दृष्टिविहिन बेनिशाको पीडा

काठमाडौं । दृष्टिविहिन श्रृष्टि केसीको बायोपिक फिल्म ‘ब्लाइण्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार फिल्म युनिटले एक कार्यक्रम गर्दै ट्रेलर पत्रकारमाझ सार्वजनिक गरेको हो ।

फिल्ममा श्रृष्टिको भूमिकामा देखिएकी नायिका वेनिशा हमालको जीवन वरीपरी ट्रेलर घुमेको छ । दृष्टिविहिन हुनु अघि र दृष्टिविहिन भएपछि उनको जीवनमा आएका उतारचढावलाई ट्रेलरमा प्राथमिकता दिइएको छ ।

चाम्स इन्टरटेनमेन्टको व्यानरमा निकेश लिम्बुले निर्माण गरेको फिल्ममा वेनिशा हमाल, अर्पण थापा, अनिल केशरी शाह, गौरी मल्ल, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । फागुन १८ गतेबाट नेपालमा प्रदर्शन हुने फिल्ममा मिलन चाम्सको निर्देशन छ । फिल्ममा यम थापाको लेखन, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन छ ।