फाइट सिक्दै नम्रता

काठमाडौं । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री नम्रता श्रेष्ठलाई प्रमुख भूमिकामा लिएर नयाँ फिल्म ‘जाइरा’ निर्माण हुने भएको छ । फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने ट्रेन्डसिटर्सको व्यानरमा बन्ने फिल्ममा आशुतोषराज श्रेष्ठको डेब्यु निर्देशन हुनेछ ।

एक्सन जनराको फिल्ममा रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । फिल्मको लागि यतिबेला टिम प्रि प्रोडक्सनको अन्तिम अवस्थामा छ भने नायिका श्रेष्ठले फाइटसमेत सिकिरहेकी छन् ।

बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् । निर्माता गोपालीका अनुसार सम्पूर्ण छायाँकन काठमाडौमा हुनेछ । उनले निर्माण गरेको फिल्म ‘रोमिया एण्ड मुना’चैत २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।