भ्यालेन्टाइन प्रेमिका सम्झँदै राजेशपायल

काठमाडौं । सांगीतिक क्षेत्रमा अविवाहित गायकको ट्याग पाएका गायक राजेशपायल राईलाई विवाहको प्रश्नले हैरानै बनाउन थालेको छ । एकताका फिल्मका महानायक राजेश हमाललाई सोधिने यो प्रश्न अहिले राजेशपायलतिर तेर्सिन थालेको छ । हालसम्म कोही युवतीको अफेयरमा नपरेको बताउने राजेशपायल यतिबेला भने कोही युवतीको प्रेममा परेका छन् ।

भ्यालेनटाइन–डेको मौका पारेर उनको स्वरमा रहेको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको गीतमा राजेशपायलले आफ्नी प्रेमिकालाई सम्झिएको उल्लेख गरेका छन् । बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोमा राधाकृष्ण आचार्यको निर्देशन छ । भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् ।

यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित यो गीत राजेशपायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो । गीतको भावना अनुसार निर्देशक आचार्यले कथा चित्रण गर्न सफल भएका छन् । यस भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।