फिल्ममा रेकर्ड ब्रेक गर्दै सलमान

मुम्बई(एजेन्सी) । फिल्म ‘टाइगर जिन्दा है’ पछि बलिउड अभिनेता सलमान खान पुनः एकपटक ठूलो धमाका गर्दैछन् । उनको यो वर्षको इदमा अर्को एउटा ब्लकब्लष्टर फिल्म आउने तयारीमा छ । समाचार अनुसार यो फिल्म सलमानकै करियरको सबैभन्दा महंगो फिल्म हुनेछ ।

सलमान खान फिल्म ‘सुल्तान’, ‘टाइगर जिन्दा है’ पछि निर्देशक अली अब्बास जफरसँग एकपटक पुनः आफ्नो भाग्य चम्काउन गइरहेका छन् । जफरले सलमानलाई लिएर नयाँ प्रोजेक्ट ‘भारत’को तयारी गरिरहेका छन् । यो फिल्मको बजेट २ सय करोड रुपैंयाँको हुनेछ । यो बजेट सलमानको अहिलेसम्मका फिल्ममध्ये सर्वाधिक महंगो बजेट हो ।  यो फिल्ममा सलमान पाँच अलग–अलग लुक्समा देखिँदैछन् । फिल्मको कथा एक युवाको व्यक्तिको १७ वर्षदेखि ७० वर्षसम्मको हुनेछ । जसका लागि ग्राफिक्स र भीएफएक्समा ठूलो बजेट खर्च हुनेछ ।

रजनीकान्त र अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’को बजेट २ सय ५० करोड छ । त्यस्तै टाइगर श्राफको एक्सन फिल्म ‘बागी २’ पनि अहिलेसम्मकै महंगो फिल्ममा सूचीकृत भइसकेको छ । तर शाहरुख खानको फिल्म ‘जिरो’को बजेट १ सय ८० करोड भनिएको छ । त्यस्तै आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को बजेट २ सय १० करोड हुनेछ ।