बौद्धमा निलकी विद्यार्थीको फ्रेञ्चाइजी सलुन

काठमाडौं । चर्चित हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको नील डेभिडका ५१ औ ब्राण्ड राजधानीको बौद्धबाट सञ्चालनमा आएको छ । निल डेभिड ग्रुपको हेयर एण्ड ब्युटि सलुन,, ब्राञ्च, फ्रेञ्चाइजी, एकेडेमी र मेकअप स्टुडियोजस्ता ब्राण्डको ५१औं ब्राण्डस्वरुप गत सोमबारबाट बौद्ध स्तुपा द्वारअगाडि निल डेभिड्स हेयर एण्ड व्युटी सलुनको फ्रेञ्चाईजी सञ्चालनमा ल्याइएको हो । यो फ्रेञ्चाइजीकी सञ्चालितका विनु राई लामा निलकी विद्यार्थी हुन् ।

फ्रेञ्चाइजीको हेयर स्टाइलिष्ट निल डेभिड कटुृवाल, सञ्चालिका विनु राई लामा र उनको पिता गोपाल राईले संयुक्तरुपमा शुभाम्भ गरे । विनुले १० वर्ष अघि भारतको सिलुगढीमा निलसँग हेयर स्टाईल सम्बन्धी तालिम लिएर त्यही काम सुरु गरेकी थिइन् । ‘१० वर्ष अघि निल सरसँग तालिम लिने समयमै उहाँकै नामबाट आफ्नो सलुन खोल्छ्ु भन्ने सपना थियो, त्यो सपना आज प्ुरा भएको छ ’ उनले भनिन् ।

विनुले दिल्लीस्थित भीआईसीसी मेकअप ईन्ष्टिच्युटमा मेकअप आर्टिस्टको टे«निङ लिएपश्चात मेकअप सम्बन्धी ताििलम पनि लिएकी छन् । उनले सन् २०११ मा भारतको सिलुगढिमा आयोजित निल डेभिड्स हेयर फेशन शोमा सक्रिय सहभागीता जनाएको पनि स्मरण गरिन् ।निलले आफ्नो विद्यार्थीले फ्रेञ्चाइजीको रुपमा आफ्नै नामको सलुन खोलेकोमा खुशी व्यक्त गरे । यो सलुनमा हेयर स्टाइल तथा मेकअप सम्बन्धि सुविधाहरु उपलब्ध छन् ।आप्mनो ब्राण्डको सलुनका शाखा र फ्रेञ्चाईजी नयाँ बानेश्वर, कोटेश्वर, कमलपोखरीस्थि सिटी सेन्टर तथा कुमारीपाटीमा पनि सञ्चालनमा आउन लागेको निलले जानकारी गराए । उनले भारतको सिलुगढी तथा ईलहवादमा समेत सलुन सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी दिएका छन् ।