ओ बेबीमा निशानले दिए नयाँपन

काठमाडौं । आजकल बनेका नयाँ म्युजिक भिडियो हेर्दा कुनै फिल्म हेरे भन्दा कम लाग्दैन । कथात्मक रुपमा बनाइएका यी भिडियोहरु आफैमा उत्कृष्ट बन्ने गर्दछन् । म्युजिक भिडियो सम्पादनमा उत्कृष्ट सम्पादकका रुपमा दरिएका सम्पादक निशान घिमिरे भ्यालेन्टाइन डेको मौका छोप्दै यस्तै कथात्मक शैलीको नयाँ भिडियो दर्शकमाझ ल्याएका छन् ।

निशानले ‘ओ बेबी’ बोलको गीतको भिडियोमा नयाँपन दिएका हुन् । कुन्दन पाठकको आवाजमा समावेश रहेको यो गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द तथा कञ्चन पाठककै संगीत छ । यो भिडियोमा दर्शकले मोडल पुष्पल खड्का र सृष्टिलाई प्रेमको रंगमा भिजेको देख्न सक्नुहुनेछ । पुष्पलले सृष्टिलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजिरहेको भिडियोमा देखाइएको छ ।

विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । निर्देशक घिमिरेले प्रेम दिवस नजिकिदै गर्दा श्रोता तथा दर्शकले यो गीतमा प्रेमको भाषा भेट्ने बताए । उनले प्रेम गर्ने जोडीले भिडियोमा आफूलाई पाउने समेत दाबी गरेका छन् ।