पेडमेनको प्रमोसनमा अनुको यस्तो तस्वीर

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पेडमेन’शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । पछिल्लो समयमा सामाजिक कथाका फिल्ममा अभिनय गरिरहेका अभिनेता अक्षयको यो फिल्म प्रति दर्शकको चासो उत्तिकै छ । यो भन्दा अघिल्लो फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’बाट अक्षयले राम्रो तारिफ पाएका थिए ।

यो फिल्मको प्रमोसनमा सहयोग गर्नका लागि बलिउडका कलाकारहरु यतिबेला आफ्नै किसिमले लागि परेका छन् । आमिर खान, ट्वींकल खन्ना, अक्षय कुमारलगायतका सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा महिलाले प्रयोग गर्ने पेडलाई देखाएर प्रमोसन गरिरहेका छन् ।

नेपालमा भने यो फिल्मको प्रमोसनमा कलाकारहरुले सामाजिक सञ्जालमा फोटो नराखी रहँदा नायिका अनु शाहले चाहिँ फेसबुकमै तस्वीर पोष्ट गरेकी छन् । उनले फेसबुकमा ‘पेडमेन’ क्याप्सन लेखेर हातमा पेड बोकेका तीनवटा विभिन्न मुडका तस्वीर पोष्ट गरेकी छन् ।

उनको तस्बिरलाई फेसबुकमा फ्यान तथा साथीहरुले आफ्नै किसिमले कमेन्ट गरेका छन् । कतिपयले उत्सुकतापूर्वक सोधेका छन् भने कतिपयले चाहिँ उनको कामको विरोध गरेका छन् ।  अनि पछिल्लो समयमा फाट्टफुट्ट फिल्ममा देखिए पनि म्युजिक भिडियोमा भने उनको सक्रियता राम्रो छ । उनी अभिनित पछिल्लो फिल्म ‘पसिना’ प्रदर्शनको लागि तयारीमा छ ।