को बन्ला फेसियल हाउसको बेस्ट कपल

काठमाडौं । आउँदै गरेको भ्यालेन्टाइन डेलाई विशेष बनाउन फेसियल हाउसले भ्यालेन्टाइन बेस्ट कपल प्रतियोगिता शुरु गरेको छ । फेसियल हाउसका प्रवन्ध निर्देशक सुष्मा महराका अनुसार यस योजनामा सहभागी हुन आफ्नो जोडीको फोटो फेसियल हाउसको फेसबुक पेजमा पठाउनुपर्नेछ ।

‘हाम्रो फेसबुक पेजमा जसको फोटोमा धेरै लाईक आउँछ त्यसलाई प्रथम , दोस्रो र तेस्रो विजेता घोषित गरिनेछ ।’ उनले भनिन् ।भ्यालेन्टाइन बेस्ट कपल प्रतियोगितामा प्रथम हुने जोडीलाई हवाई टिकटसहित वाइल्ड लाइफ एडभेन्चर रिसोर्ट चितवनमा २ रात ३ दिनको भ्रमण प्याकेज र ,ह्वाईटेनिङ्ग फेसियल ,स्टाइलिस हेयर कट निशुल्क प्रदान गरिने जनाएको छ ।

त्यस्तै द्वितिय पुरस्कारमा हेयर कलर, केराटिन हेयर ट्रिटमेन्ट, ह्वाईटेनिङ्ग फेसियल र स्टाइलिस हेयर कट रहेको छ । त्यस्तै तृतिय पुरस्कारमा केराटिन हेयर ट्रिटमेन्ट,म्यानिक्यूर, ह्वाईटेनिङ्ग फेसियल र स्टाइलिस हेयर कट प्रदान गरिने प्रतियोगिता फागुनको २८ गते सम्म चल्ने छ ।

तस्बिरहरुः कुवेर डंगोल