व्यापारीसँग डेटिङमा आलिया

मुम्बई(एजेन्सी) । लामो समयदेखि बलिउड नायिका आलिया भट्टको अफेयरको बारेमा समय समयमा समाचार बाहिर आइरहन्छ । फिल्म ‘स्टूडेन्ट अफ द इयर’मा उनको कोस्टार सिद्धार्थ मल्होत्रासँग उनको नजिकिँदो सम्बन्धलाई लिएर गसिप पनि बनिरहे । तर अब त्यो गसिपको सम्बन्ध टुटेको छ । अर्थात आलिया अहिले एक व्यापारीसँग डेटमा छिन् ।

आलिया हाल व्यापारी केविन मित्तलसँग डेटमा छिन् । केविन अरबपति व्यापारी सुनिल मित्तलका छोरा हुन् । यसबाहेक केविन मेसेन्जर एप हाइकका संस्थापक पनि हुन् ।
आलिया र केविनको पहिलो भेट अक्टूबर २०१७ मा वल्र्ड इकोनोमिक फोरमको समयमा भएको थियो । यसपछि बाक्लिएको उनीहरुको भेट अहिले प्रेममा परिणत भइसकेको बताइएको छ ।