मिस ईकलेजका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादीस्थित सिडव्लु पार्टी प्यालेसमा शनिवार भएको एक कार्यक्रमबीच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य प्रस्तुत गरेकी थिइन भने मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने फुरुलामा सेर्पाले विश्व वातावरणको असरको वारेमा आफ्नो धारणा राखेकी थिइन ।

सृजना लामाले पहिलो जुनीको वोलको गित गाएर आफ्नो प्रस्तुती दिएकी थिइन भने अपेक्षा ढुङानाले राज्यको समावेसी विषयमा आफनो भनाइ प्रस्तुत गरिन । करुना गुरुङले मेरो दुलुङ गाउँको गीतमा राम्रो नृत्य प्रस्तुती दिएकी थिइन र आङ डामु सेर्पाले पनि धरानको वजार वोलको गीतमा नृत्य गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन । त्यस्तै चोली अलि छोटो छ भन्ने वोलको गीतमा आसा लिम्वुले नृत्य गरेकी थिइन् । पासाङ लामु सेर्पाले आफ्नो भाषाको गीतमा नृत्य गरेकी थिइन । काजोल तामाङले डाफेझै नाचने हिमाल झै हासने वोलको गीतमा नृत्य गरेकी थिइन ।

सविता लामाले पनि गैरीखेतको शिरै हान्यो वोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन । सुनकोसी सुसेली गीतमा उर्मीला गोलेले आफ्नो नृत्य मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । पेमा लामा, प्रविना कपाली, रविना तामाङले पनि विभिन्न नेपाली गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए । अलिसा श्रेष्ठले राधा वोलको गीतमा नृन्य देखाएर सबैलाई रोमान्चीत वनाएकी थिइन भने सन्ध्या थापाले हिजोराती सपनीमा बोलको गीतमा आफ्नो प्रस्तुती दिइकी थिइन । अन्जना हमालले तनाव विषयमा आफ्नो विचार राखेकी थिइन ।

उक्त कार्यक्रमा निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवणकुमार कुवर ,सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी,मिस इकलेज २०१५की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७की सेकेन्ड रनरअप युनीता खत्री रहनु भएको थियो । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विधामा कोरियोग्राफर रोजीन शाक्यले ग्रुमिङफागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा काडाघारीस्थित अक्षरा स्कुलको सभाहलमा सम्पन्न हुनेछ ।