मग मगमा श्रीमतीसँग अमृतको रोमान्स

काठमाडौं । भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ’मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्री फिचरीङ छिन । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

गायक अमृतले भिडियोमा आफू श्रीमतीसँग देखिएकाले आफ्ना लागि विशेष बनेको बताए । ‘गीतको अडियो जसरी तयार भयो यसमा निर्देशक निकेश खड्काले संगीता नै उपयुक्त हुन्छ भनेपछि उनलाई नै फिचरीङ गरिएको हो । यसमा आफ्नो मायालु साथै भए हरेक छन् विशेष हुने भावलाई ब्यक्त गरिएको छ । ’ गायकले भने । निर्देशक निकेश गीतमा अमृत र संगीताले राम्रो काम गरेको बताए ।