तक्मेबुढा सवार कार दुर्घटना

काठमाडौं । हाँस्य कलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ चढेको कार झापामा दुर्घटनामा परेको छ । सोमबार झापाको मधुमल्लामा भएको मधुमल्ला महोत्सव सकेर बिर्तामोड फर्कदै गर्दा मध्यरातको १२ बजे सुरुंगामा विल्सन सवार बा१७च ९१०२ नम्बरको आइटेन कार दुर्घटनामा परेको हो ।

झापामा रहेका फिल्म निर्माता राजेश घतानीका अनुसार कारमा सवार विशाल लिम्बु ‘फर्सी टाउके’ युकेश लिम्बु, समिल राई, बाल कलाकार जेसिका राई सवार थिए । उनीहरु सबै सकुशल छन् ।घतानीका अनुसार बाक्लो तुवालोको कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा कारको केही भागमा क्षति पुगेको छ । निर्माता घतानी सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनाबारे जानकारी गराएका छन् ।