आँचल पाउन अनसनमा पल

काठमाडौ। राजनीतिक वृत्तमा अनसन निकै चल्तीको शब्द हो । प्रेमको मामलामा भने अनसन बसेको समाचार कमै मात्र आएको छ । अर्थात यस्तो समाचार अहिलेसम्म कतै सुनिएको पनि छैन । तर यसपटक भने नायक पल शाह प्रेमिका आँचल शर्मा पाउनका लागि अनसन नै बसेका छन् । पलको यो अनसन बसाई कुनै फिल्मका लागि भने होइन ।

गायक शिव परियारको नयाँ गीत ‘हल्ला हल्लामै माया’ बोलको गीतको भिडियोमामा पलले आँचल पाउनका लागि अनसन नै बस्नु परेको छ । भ्यालेन्टाइन डेलाई लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोमा विकास सुवेदीको निर्देशन छ ।

एल्बम ‘शिवालय’मा समावेश यस गीतमा नारद निष्ठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । भिडियोमा अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।