पसिनामा शिव पार्वती बने अनु–गौरव

काठमाडौं । आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘पसिना’को नयाँ गीत ‘हावा चल्यो सिरिरि’ सार्वजनिक भएको छ । श्रमिकको कथा बोल्ने फिल्मले राजधानीमा मंगलबार पत्रकारमाझ गीत सार्वजनिक गरेको हो ।

नन स्टप क्रियसनको ब्यानरमा आरबीके शरदले निर्देशन गरेको फिल्मको गीतमा अनु शाह र गौरव पहाडीले फिचरिङ गरेका छन् । निर्देशक शरदले सामाजिक र यथार्थ घटनालाई फिल्ममा उतार्ने प्रयास गरिएको बताए । गीतमा अनु र गौरवलाई शिव पार्वती लुक्समा देखाइएको छ ।

शान्ता ढकाल र सञ्जय महतोको लगानी रहेको फिल्ममा सरोज खनाल, रवी गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्याय, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुरजनी केसी, शारदा गिरीलगायतको अभिनय छ ।फिल्ममा राजनराज शिवाकोटी, थिरज राई र दीपक शर्माको संगीत, नविन निरौलाको सम्पादन, शिव बिकको नृत्य, देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन छ ।