फष्टलुकमा यस्तो निरहुआको वीर योद्धा महाबली

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली’को असर अहिले पनि दर्शकको दिमागबाट हटेको छैन । यहि बेला भोजपुरी फिल्म उद्योगमा ‘बाहुबली’कै झल्को दिने गरी फिल्म ‘वीर योद्धा महाबली’ निर्माण गरिएको छ । यो फिल्म ‘बाहुबली’कै जस्तो गरी पाँच भाषामा बनिरहेको छ । केही समय अघि मात्र फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ ।

फिल्ममा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआ मुख्य भूमिकामा छन् । समाचार अनुसार यो फिल्म भोजपुरी, हिन्दी, बंगाली, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ । फिल्मको निर्देशन इकबाल बख्श गरिरहेका छन् । फिल्मको फष्टलुकमा निरहुआ एक खतरनाक योद्धाको रुपमा देखिएका छन् । यो फिल्मलाई भोजपुरी फिल्मको इतिहासमा सबैभन्दा महंगो फिल्म मानिएको छ ।

फिल्मको फष्टलुकलाई ‘बाहुबली’सँग तुलना गरिएको छ । जसमा निरहुआको लुक्स प्रभाषसँग मिल्दोजुल्दो देखिन्छ । फिल्ममा निरहुआको अपोजिटमा आम्रपाली दुबे छिन् । निरहुआलाई भोजपुरी फिल्मका सर्वाधिक चर्चित स्टारका रुपमा लिइन्छ । उनको र आम्रपालीको जोडी भोजपुरी फिल्ममा अत्याधिक रुचाइन्छ । फिल्मको रिलिज मिति घोषणा गरिएको छैन ।