अम्बिकाको आदतमा पल र सन्ध्या रोमान्स

काठमाडौं । प्रेम दिवसको मौका पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दको ‘आदत’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छन् । गायक सुमन केसीको स्वरमा सजिएको उक्त गीतमा संगीतकार शंकर थापाको संगीत छ । संगीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा अभिनेता पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ । हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट अपलोड गरिएको हो