झापाको अर्जुनधाराबाट जय भोले शुरु

काठमाडौं । कमेडी एवं सामाजिक कथाको फिल्म ‘जय भोले’को छायांकन मंगलबारबाट पूर्वी नेपालको झापादेखि सुरु भएको छ । अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भएको ।  शिवरात्री छेकोमा सुटिङ थालनी भएको हो ।

यससँगै दशकपछि वरिष्ठ निर्माता, निर्देशक र अभिनेता अशोक शर्माको पुनरागमन भएको छ । शर्मा निर्देशकको रुपमा ‘मितिनी’पछि फर्किएका हुन् । उक्त मन्दिरबाटै ओपनिङ दृश्य छायांकन भयो । झापाको शनिश्चरे बजार, शीतलाबस्ती, गैरीगाउँलगायतमा पहिलो दिन सुट भएको शर्माले जनाए । स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङले मंगलबार छायांकन गरे ।

चालिस दिनको समय तालिकामा फिल्म झापा र इलाममा खिचिनेछ । फिल्म आगामी दशैं फूलपातिमा तय गरिएको छ । सलोन बस्नेत, राजाराम पौडेल पनि मुख्य भूमिकामा छन् । फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा फिल्म बन्न लागेको हो । दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा फिल्मले देखाउनेछ । फिल्ममापुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ ।