भ्यालेन्टाइनमा टिनेजको यस्तो गीत

काठमाडौं । युवापुस्ताको कथा समेटिएको फिल्म ‘टिनेज’को रोमान्टिक प्रेमगीत ‘अस्त्रले मर्दिन म’ सार्वजनिक भएको छ । हेलिन पाख्रिन फिल्मको व्यानरमा निर्माण भएको फिल्मको गीतमा अञ्जिला खड्गी र नरेशवीर सिंहले फिचरिङ गरेका छन् ।

गीतमा राजेशपायल राई र अञ्जु पन्तको स्वर छ । विकास चौधरीको संगीत र सबिना केसीको शब्द रहेको गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफी छ ।

दिनेश पाख्रिन निर्देशक रहेको फिल्ममा सरोजकुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्यायलगायतको अभिनय छ । फिल्ममा चिनिमाया वाइबा र विरु मगर निर्माता छन् भने देविका खड्का सहनिर्माता छिन् ।