लिलिबिलीको उत्कृष्ट कभर भिडियोलाई एक लाख पुरस्कार

काठमाडौं । आगामी चैत्र ३० गते रिलिज हुने फिल्म ‘लिलिबिली’ले शीर्ष गीतको उत्कृष्ट कभर भिडियो बनाउने दर्शकलाई १ लाख रुपैंयाँ पुरस्कार दिने घोषणा गरेको छ । फिल्मको ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको गीत बुधबार प्रेम दिवसको अवसर पारेर सार्वजनिक गर्दै यो घोषणा गरेको हो । गीतमा एसडी योगीको स्वर तथा संगीत र एकतारेको शब्द छ ।

फिल्मका निर्देशक मिलन चाम्सका अनुसार यो गीतको कभर युट्युबमा सर्वाधिक भ्यूज पाउनेलाई पुरस्कार दिइनेछ । गीतमा नायक प्रदिप खड्का र नवनायिका जसिता गुरुङले फिचरिङ गरेका छन् । स्कटल्याण्डको रमणीय लोकेशनमा खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी र सुदिप बरालको छायांकन छ ।

मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सको अभिनय छ ।