कोहलपुर एक्सप्रेसमा मोडियो केकी–विनोदको मन

काठमाडौं । पहिलो गीत ‘सीओडब्लु काउ’को सफलता पछि फिल्म ‘कोहलपुर एक्सप्रेस’ टिमले नयाँ रोमान्टिक फ्लेबरको गीत ‘अब मनसँग मन’को भिडियो सार्वजनिक गरेको छ । गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेको रोमान्सलाई हेर्न पाइन्छ ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा गम्भीर बिष्टको कोरियोग्राफी छ । नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्ममा चर्चित म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको डेब्यु निर्देशन छ । फिल्ममा ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईको अभिनय छ ।

विशालकै कथा रहेको फिल्ममा भद्रबहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाईको लगानी छ । फिल्मका छायाँकार अर्जुन तिवारी हुन् । फिल्म २०७५ को वैशाख १४ गते रिलिज हुँदैछ ।