भोजपुरी भाषामा बाहुबली, यी बन्नेछन् प्रभाष

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक एस एस राजमौली निर्देशनमा बनेको दुई संस्करणको फिल्म ‘बाहुबली’ले बक्स अफिसमा तहल्का नै मच्चायो । फिल्मको दोस्रो भाग ‘बाहुबलीः द कन्क्लुजन’ले घरेलु बक्स अफिसमा ५ सय करोड बढी र विश्वव्यापी रुपमा १७ सय करोडको कमाई ग¥यो ।

भारतीय फिल्ममा गैर बलिउड फिल्मको रुपमा सर्वाधिक कमाई गर्ने यो ‘बाहुबली’ को नयाँ संस्करण पुनः शुरु हुने भएको छ । तर फरक यति हो अघिल्ला दुई संस्करणका फिल्म हिन्दी र दक्षिण भारतीय भाषाको थियो भने अब भन्ने ‘बाहुबली’ भोजपुरी भाषामा बन्नेछ ।

फिल्मको नाम ‘बाहुबली’को सट्टा ‘वीर योद्धा महाबली’ र फिल्ममा प्रभाषको भूमिकामा भोजपुरी फिल्मका स्टार दिनेश लाल यादव निरहुआ हुनेछन् । फिल्मको निर्देशन इकबाल बक्सले गर्नेछन् । मुम्बईको शिलोत्तर गाउँमा फिल्मको केही दिनदेखि ट्रेलर खिच्ने काम भइरहेको छ । फिल्मको ट्रेलर खिच्नकै लागि कैयौं घोडसवारीका साथ निरहुआ पूर्ण रुपमा बाहुबलीको गेटअपमा सुटिङ गरिरहेका छन् ।

समाचार अनुसार यो फिल्मको ट्रेलर बनाउन नै लाखौं रुपैंयाँ खर्च गरिएको छ । फिल्मको सुटिङ मुम्बईसहित राजस्थानको कैयौं भागमा हुनेछ । फिल्ममा निरहुआका साथ आम्रपाली दुबेको पनि अभिनय हुनेछ । फिल्मको ट्रेलर जनवरी १५ मा सार्वजनिक गरिनेछ । यो फिल्मलाई लिएर भोजपुरी निर्माताहरु निकै उत्साहित छन् ।